दफा २२
कर्मचारी तथा बजेटसम्बन्धी व्यवस्था

२२. कर्मचारी तथा बजेटसम्बन्धी व्यवस्थाः

(१) आयोगमा आवश्यक सङ्ख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) आयोगको लागि आवश्यक पर्ने कर्मचारीहरू नेपाल सरकारले उपलब्ध गराउनेछ । आयोगको सचिवालयका लागि आवश्यक पर्ने कर्मचारीहरू नेपाल सरकारले काजमा खटाउन सक्नेछ । कर्मचारीसम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले तोकेबमोजिम
हुनेछ ।
(३) आयोगले आवश्यक सम्झेका क्षेत्रमा अवधि किटान गरी विज्ञ व्यक्तिको सेवा लिन सक्नेछ ।
(४) आयोगको लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउनेछ ।